ताजा समाचार

गीतकार सुन्दर पन्तको ‘सुन्दर सपना’ बजारमा

काठमाडौं । गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित ‘सुन्दर सपना’ नामक गिती एल्बम वरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच विमोचन गर्नुभएको छ । उक्त गीती एल्बममा चारओटा आधुनिक गीत ,तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समावेश गरिएको छ ।

सुन्दर सपना एल्वममा अन्जु पन्त, सन्तोष लामा, ताराबिर पाण्डे , टंक बुढाथोकी , सन्तोष रजौरे, पुष्पा गुरुङ, बिजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारबिर पाण्डेको संगीत रहेको छ । गीतमा दिनेश श्रेष्ठको संगीत सम्योजन रहेको छ ।
उक्त गिती एल्बममा समाबेश भएका गीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । एल्बममा सङ्रहित सन्तोष लामाको आवाजमा रहेको गीत नागबेली चाल् तथा तारबिर पाण्डेको आवाजमा रहेको गीत मायाँ गर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । यस एल्बमलाई आर्टिस्ट नेपाल ले बजारमा ल्याएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org