ताजा समाचार

पहिलोपल्ट सेक्स गर्दा ध्यान दिनु पर्ने कुराहरु

सेक्स मानिसको जीवनको महत्वपूर्ण पक्ष हो । सेक्सले पनि मानिसको जीवनको कतिपय पक्षहरुलाई सहज बनाउने गर्दछ । पछिल्लो समय विश्वमा सेक्सको बारेमा नयाँ नयाँ अध्यनहरु हुन थालेका छन् ।पहिलो पल्ट सेक्स गर्दा ध्यान दिनु पर्ने कुराहरुलाई अनुसन्धानकर्ताहरुले यसरी प्रस्तुत गरेका छन् ।

१. सेक्सको बारेमा धेरै सोच्नु

यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । किन कि तपाईलाई पहिलो पल्ट सेक्सको अनुभव नै राम्रोसँग थाहा भएको हुदैन । त्यसैले तपाई पहिलोपल्ट सेक्सको बारेमा धेरै सोच्नु पनि गलत साबित हुनेछ ।

२.चरमोत्कर्ष

यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् । किन कि तपाईलाई पहिलो पल्ट सेक्सको बारेमा चरमोत्कर्षको बारेमा थाहानै हुदैन ।

३. महिलाहरुले झुटो चरमोत्कर्ष

महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

४.फोहोरी गफ

धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ । फोहोर कुराहरु पछि गर्न सक्नुहुनेछ ।

५.तपाईं पहल गर्नुहोस्

धेरैजसो महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

६. पहिलो पटकको सेक्स पीडादायक हुन्छ

पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।

७. आकारको महत्व

विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

८. पोर्न फिल्मजस्तो अनुभव

यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

९.ब्लिडिङको धारणा

धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ । हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि हुनसक्छ ।

१०. धेरै बेरसम्म सेक्स

पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org