ताजा समाचार

साहित्य संगम र प्रगतिशील लेखक संघद्वारा मीनराज र पूर्णबहादुर पुरस्कृत

 

चितवन, ११ माघ ।  साहित्य संगम चितवन र प्रगतिशील लेखक संघले लेखकद्वय मीनराज वसन्त र पूर्णबहादुर अधिकारीलाई पुरस्कृत गरेको छ । 

शनिबार ‘मुदिर’ का उपन्यासकार मीनराज वसन्तलाई पाँच हजार राशि रहेको गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार प्रदान भने  पूर्णबहादुरलाई सात हजार राशिको श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार दिइयो । 

मीनराजलाई ‘मुदिर’ मा खाडी मुलुकका नेपालीहरूको पीडा समेटेकाले तथा पूर्णबहादुरलाई कविता, निबन्ध लेखनका माध्यमले साहित्यमा योगदानका कारण पुरस्कृत गरिएको साहित्य संगम चितवनका अध्यक्ष द्वारिका नेपालले जनाए । कार्यक्रममा पुरस्कार संस्थापक रविकिरण निर्जीव, इन्द्र रेग्मी, लकाश पौडेल, भूपिन, हरिहर खनाल, उदय अधिकारी, राजेन्द्र घायल लगायतको उपस्थिति रहेको थियो । 

 

तस्बिर लेखक मिनराज वसन्तको फेसबुक एकाउन्टबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org