ताजा समाचार

‘छक्का पन्जा’लाई गाली गर्नेप्रति दीपकले आक्रोशित हुँदै लेखे फेसबुकमा लेखे यस्तो जवाफ

काठमाडौं । सामाजिक संजालमा कडा रुपमा प्रस्तुत नहुने अभिब्यक्ति दिएको केही दिन बित्न नपाउँदै अभिनेता दीपकराज गिरी फेरी कडा रुपमा देखिएका छन् ।
बक्स अफिसमा १६ करोड कमाउन सफल आफ्नो चलचित्र ‘६क्का पञ्जा’लाई यु ट्युवमा हेरेर गाली गर्ने प्रति उनी कडा रुपमा प्रस्तुत भएका हुन् ।
चलचित्रका बारेमा धेरैले राम्रो भन्दा नराम्रो प्रतिक्रिया दिएपछि उनी कडा रुपमा प्रस्तुत भएका हुन् । दीपकले फेसबुकमा स्टाटस लेख्दै नेपालीहरुको किन नेपाली चलचित्रहरुलाई हेर्न दृष्टिकोण फरक हुन्छ भनेर प्रश्न गरेका छन् ।
विदेशी चलचित्रको अगाडि टाउको उठाउन थालेको नेपाली चलचित्र उद्योगलाई समाप्त पर्ने हो ? भनेर उनले स्टाटसमा आक्रोस पोखेका छन् ।

यस्तो छ दीपको स्टाटस

यदि कुनै नेपालीले “दंगल “बनाएको भए केहि नेपाली दर्शकको कमेन्टस यस्तो हुन्थ्यो
१) त्यसरी २ वटा नावालक छोरी माथि अन्याय गर्ने ?
चूपो लागेर पढ्नु पर्ने उमेरमा जबरजस्ति कुस्ति खेलाउने?
यो सरासर बाल अधिकारको हनन हो
२) बच्चा कुन क्षत्रमा लाग्छू भन्ने बच्चाको इच्छ्या हो ,बौ ले भनेको
मान्नै पर्ने यो कस्तो फिलिम हो
३) बच्चि नारि हुन् बौ पुरूष , यो सरासर नारि माथि अन्याय हो
४) आमिर खान बच्चालाइ कुस्तिमा लान चाहन्छ, पत्निलाइ बोल्न
दिदैन , यो पनि पुरूषबादी समाजलाइ प्रमुंखता दिइएको झूर
फिल्म हो
५) आमिर खानले ४ ,४ वटा छोरी किन पायो? २ वटामा
बन्ध्याकरण गर्नु पर्दैन? छोरानै किन खोज्या? छोराको त्यति
धेरै महत्व ? छोरी केहि होइन … त्यसैले यो फिल्म मा सन्देश
केहि छैन.. बकवास मूभि हो.. के जान्या छ त्यो आमिरले
यो दृष्टिकोण हुन्थ्यो , यदि ” दंगल” नेपाली फिल्म हुन्थ्यो भने केहि दर्शकका लागि… किनकि यो दृष्टिकोण पनि त हुन सक्छ, मलाइ याद छ एक जमानामा सुपरहिट फिल्म ” लुट” लाइ लुट्न सिकाको? अब हामि बैक लुटन जाने भन्ने कमेन्ट पनि आयो
किन हामि नेपाली चलचित्रलाइ यस्तो दृष्टिकोणले हेर्छौ….
बिदेशी फिल्मको अगाडि टाउको उठाको नेपाली चलचित्र उद्योग
लाइ समाप्तै पार्ने हो त? …. जिज्ञासा मात्रै हो है घमन्ड नभन्नु होला!!!

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org