ताजा समाचार

आर्थिक अभावमा नन्दकलाको उपचार रोकियो

सुर्खेत, १३ माघ । सुर्खेतको वीरेन्द्रनगर १६ का नन्दकला विश्वकर्माको उपचारमा सहयोग गरिदिन उहाँका आफन्तजनले सबैसंग आग्रह गरेका छन । ३ बर्षदेखि पाठेघरको क्यान्सरवाट पिडित भएकी नन्दकलाको उपचारमा आर्थिक अभाव भएपछि आफन्तजन सहयोगको लागि आग्रह गरेका हुन् ।

उपचारको लागी ३ लाख रुपैया खर्च भइसकेपनि थप रकम नहुदाँ उपचार गर्न नसिकएको नन्दकलाका छोरी माया सुनारले दुखेसो पोखिन । श्रीमानले अर्को बिहेगरेपछी वास्ता गर्न समेत छाडेको भन्दै नन्दकलाले २१ बर्षदेखि छोरीको घरमा बस्दै आएको बताइन ।
उपचारको लागि चितवनको भरतपुर अस्पतालमा पु¥याएपछि ३ लाख भन्दा बढी रकम आवश्यक पर्ने भनेपछि घर फर्काउँन बाध्य भएको नन्दकलाकी छोरी मायाको दुखेसो छ । अहिले सम्म उपचारका लागि कुनै पनि निकायवाट उपचारमा सहयोग नपाएको दुखेसो पोख्दै पीडित नन्दकलाले राज्य र अरु सहयोगी हातहरुले सहयोग गरीदिएमा नयाँ जीवनको अनुभुति गर्न पाउँने बताइन् ।
६० बर्षिय नन्दकलाको उपचारमा वीरेन्दनगर १० सुर्खेतका समाजसेवी प्रेमप्रकाश खड्काले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण सहयोगका लागि ९८६८२६६५७८ मा सम्पर्क गर्न समेत परिवारले आग्रह गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org