ताजा समाचार

युरोकप: पोर्चुगलले टर्कीलाई ३–० ले हरायो,अन्तिम १६ मा प्रवेश

काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह एफको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र बु्रुनो फर्नान्डेसले एक–एक गोल गरे । अर्को गोल भने उपहार पाएको हो ।

यो खेलमा तेस्रो गोलको लागि बु्रनोलाई पास उपलब्ध गराएसँगै क्रिस्टियानो रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन् । कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन् ।

दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दुई मध्ये एक खेल जितेको टर्की समूहको दोस्रो स्थानमा छ । यस्तै युरोकपअन्तर्गत गएराति भएको खेलमा समूह ‘एफ’ का जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै बिहान सम्पन्न समूह ‘ई’को खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले पराजित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org