ताजा समाचार

स्थानीय तहको निर्वाचनका लागि शान्तिपूर्ण दवाब

सुर्खेत १३ माघ । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिएको छ ।
स्थानीय चुनाव र संविधानपूर्ण कार्यान्वयनमा ढिला भएपछि वीरेन्द्रनगरमा महिलाहरुका लागि महिला संस्था वामको अगुवाईमा प्रत्येक बिहीबार शान्तिपूर्ण दबाब दिदै आएका हुन ।

राज्यले महिलाहरुलाई पहुचमा कम समावेश गरिएको र राजनीतिमा महिलाहरुको कम सक्रिय सहभागिता गराएको भन्दै यो अभियान सञ्चालन गरेको हुन । अघिलो बिहीवार सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएका थिए । सुर्खेत स्थित विभिन्न संञ्जालबाट संस्थाहरुबाट सहभागिता जनाउदै आएका छन । अब हुन लागेको स्थानीय चुनाव सहकार्य शान्तिको संविधान पूर्ण कार्यान्वयन गर स्थानीय चुनाव छिटो गर भन्ने नारा सहित दबाब कार्यक्रम आयोजना गदै गरिएको हो ।
महिलाहरुका लागि महिला संसथाको अगुवाईमा भएको दबाब कार्यक्रममा बोल्दै महिलाहरुका लागि महिला संस्था वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढाकलले राज्यले महिलाहरु लाई नेतृत्व तहमा कम समावेश गरेको र अबको स्थानीय निर्वाचनमा महिलाहरुको सक्रिय सहभागिता गराउनुपर्नेमा जोड दिएकी थिइन । उनका अनुसार हरेक क्षेत्रमा महिलाहरुलाई पहुचबाट बञ्चित गराउदै आएको अबको निर्वाचनमा महिलाहरुको धेरै भन्दा धेरै सहभागितामा स्थानीय तहको निर्वाचनमा समावेश गराइनुपर्ने बताएकी छन । कार्यक्रममा विभिन्न संञ्जालका,आवाज,,समाज जागरण केन्द्र स्याक ,अन्तरपार्टी महिला संञ्जाल ,एकल महिला, जिल्ला स्थित राजनैतिक दलका प्रतिनीधि, आम नगरिकहरुको सक्रिय सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org