ताजा समाचार

देशभक्त यूवा समाजद्वारा नेपालमा पहिलो पटक ठूलो राष्ट्रिय झण्डा सार्वजनिक

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा सार्वजानिक गरिएको छ । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको उक्त झण्डा रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

देशभक्त युवा समाजका अध्यक्ष नारायण ढुङ्गाना, नवराज गौतम, शंकर जैसी, किसान खत्री,केदारनाथ नेपाल ‘निश्चल’, भोजराज तिमिल्सिना, कल्पना गौतम, अन्जसा बजगाईं र  क्लवका अध्यक्ष ऋषि धमलाले संयक्त रुपमा सार्वजानिक गरे ।

उक्त झण्डालाई यही माघ १६ गते सहीद दिवसको दिन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा हजारौं राष्ट्रभक्त दाजूभाई तथा दिदीवहिनीहरुको साथमा माईती घर मण्डलामा गाडिने नेपाली देशभक्त युवा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले जानकारी दिए । माईती घर मण्डलामा झण्डा सधैंका लागि राखिने छ । झण्डाको अवस्थालाई हेरेर फेरिने ढुङ्गानाले वताए ।

सहीदलाई जुनसुकै ठाउँबाट सम्झने सकिने बताउँदै अध्यक्ष ढुङ्गानाले सहीद परिवारप्रति उच्च सम्मान गर्नुपर्ने बताए । देशभक्त युवाहरुबीच एकताको खाँचो रहेको पनि ढुङ्गानाले वताए ।

त्यस्तै नेपाली देशभक्त युवा समाजले समाजका विभिन्न क्षेत्रमा रहेर विश्वमा देशको शिर उच्च राख्नेहरुलार्य पनि सोही दिन सम्मान गर्ने भएको छ ।

देशभक्त युवा समाज नेपालले सम्मान गर्न लागेका व्यक्तीहरु

इन्दिरा रानामगर
निगम हुमाँगाई
मदनदास श्रेष्ठ
सिताराम कट्टेल ‘धुर्मुस’
कुञ्जना घिमिरे ‘सुन्तली’
ऋषि धमला
नवल खड्का
मिरा राई
विमल घर्तीमगर
पुष्पा वस्नेत
देव नारायण यादव
सविता उप्रेती
र अनुराधा कोइराला रहेका छन् ।

राष्ट्रिय झण्डाको विस्तृत व्याख्या यस्तो छ

लम्बाई १० मिटर
चौडाई ७.५ मिटर
तौल ७.३८ किलो

प्रयोग गरिएको कपडा

रातो ८३ मिटर
निलो २६ मिटर
सेतो २३ मिटर

स्टिल पाइप २४ मिटर तीन इन्च

 

 

तस्बिर : रमेश दवाडी/न्युज-नेपाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org