ताजा समाचार

प्रचण्डद्वारा अस्पताल भर्ना भएका मोहन विक्रम सिंहसँग भेट

 

काठमाडौं १६ माघ। नेकपा मसालका अध्यक्ष मोहन विक्रम सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई आइतबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगर लगायतका समस्याबाट पीडित छन् । कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह विगत चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले सिंहलाई भेटेका छन् । प्रचण्डले सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org