ताजा समाचार

प्रमोद भण्डारीले यसरी गरे गायिका मेलिना राईको ‘हालत खराब’

काठमाडौं । चर्चित गायिका हुन मेलिना राई । २०७१ सालमा पहिलो एल्वम ‘बहार’ मार्फत् नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी मेलिनालाई अहिले दैनिक रेकर्डिङले गर्न भ्याइनभ्याइ छ । सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका राईको आवाजमा रहेको प्रमोद भण्डारीद्वारा रचित

‘नाटक रैछ तिम्रो माया देउता ढोगें मैले

अर्कैको दिलमा फूल्यौ तिमी कष्ट भोगें मैले

यसैले त आज मेरो हालत खराब भो…हालत खराब भो

आँसु भुल्ने बहाना भट्टीको सराव भो …’

कवाली गीत सार्वजनिक गरिएको छ ।
विष्णु अधिकारीले संगीत संयोजन गरेको गीत सिडिएम म्युजिक क्रियशनले युट्युव मार्फत् सार्वजनिक गरेको हो । भण्डारीको शब्द रचनामा सिडी विजय अधिकारीको संगित भरेका छन् । भिडियोको सम्पादन, छायांकन तथा निर्देशन रमेश संग्रौलाले गरेका छन् ।

 

भिडियो हेर्नुहोस् । 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org