ताजा समाचार

महिलाकोे बौद्धिकताबाट पुरुष खुसी हुन्छन्ः अभिनेत्री, बेनिशा हमाल

वास्तविकता जान्न खोज्छन्
पुरुषहरूले जहिले पनि रियालिटी बुझ्न खोज्छन् । वास्तविकता थाहा पाउन खोज्छन् । त्यसैले मनमा केही कुरा नराखी वास्तविकताबारे बुझाउनुपर्छ जस्तो लाग्छ । मनौँ म एउटा कलाकार हुँ, मेरोबारे मानिसले एक खालको इमेज बनाइरहेको हुन्छ । तर, मेरो जीवनशैली आफ्नै तरिकाको हुन सक्छ । हो, त्यस्तो कुरा पुरुषहरूलाई छर्लंग पार्नुपर्छ ।

सरल ब्यवहार रुचाउँछन्
पुरुषहरूले खोज्ने अर्को कुरा भनेको सरलता पनि हो । मैले कुनै केटीको बाहिरी आवरण वा ड्रेसअपको कुरा गरेको होइन । व्यावहारिक सरलताको कुरा गरेकी हुँ । मान्छेसँग प्रस्तुत हुँदा पनि त्यो खालको सरलतालाई पुरुषहरू मन पराउँछन् ।

मुस्कान मन पराउँछन्
मान्छे हँसिलो हुन जरुरी छ । पुरुषहरूले मुस्कान मन पराउँछन्जस्तो लाग्छ । जो हाँस्छ उसले हरेक कुरालाई पोजिटिभ रूपमा पनि लिइरहेको हुन्छ । कसैको जहिले पनि गमक्क पर्ने बानी हुन्छ । त्यो बानीलाई उनीहरूले गलत अर्थमा पनि लिइदिन सक्छन् । एटिच्युड प्रोब्लमको आरोप पनि लगाउन सक्छन् । यस्तो हँसिलो मान्छेसँग जीवन काट्न कति सजिलो होला भन्ने पनि सोच्छन् जस्तो लाग्छ ।

भित्री सुन्दरता खोज्छन्
इन्टेलिजेन्टस् केटीहरू पनि पुरुषहरूको रोजाइमा पर्छन् । भन्न खोजेको ‘सेन्स अफ ह्युमर’ चाहिन्छ । व्यावहारिक बौद्धिकताबाट पनि केटाहरू प्रभावित हुन सक्छन् । बाहिरी रूपमा जस्तो भए पनि भित्री सुन्दरता खोज्छन् पुरुषहरू ।

सरसफाइ रुचाउँछन्
अचेलका पुरुषहरू सरसफाइमा महिलाभन्दा पनि बढी सचेत भएजस्तो लाग्छ । त्यसैले चिरिच्याट्ट परेका केटीहरू केटाको नजरमा पर्न सक्छन् । तर, हेबी मेकअप गरेको महिलालाई नरुचाउन पनि सक्छन् । त्यसैले सिम्पली मेकअप र सफा सुग्घर भएकी केटीहरू पुरुषको रोजाइमा पर्छन् ।

मीठो बोलीको अपेक्षा गर्छन्
पुरुषलाई मनपर्ने भनेको केटीहरूको मीठो बोली पनि हो । मीठो बोलीसँगै शान्त हुन पनि जरुरी हुन्छ । कतिपय मेन्टल स्वभावका जस्ता पनि हुन्छन् । कोही प्रसंगविना जथाभावी बोल्नेहरू पनि हुन्छन् । त्यस्तो बानी भएकाहरू पुरुषको रोजाइमा नपर्न पनि सक्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org