ताजा समाचार

हिमाल सागर र प्रतापले इटहरामा नचाए दर्शक

 

उर्लाबारी १७ माघ । दिपावलीको अवसरमा मोरङको इटहरास्थित सरस्वती उच्च माविमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला नृत्य प्रतियोगितामा चर्चित गायक हिमाल सागर, नेपाली तारा प्रताप लामाले दर्शक दीर्घालाई सांगीति मनोरन्जन दिलाएका छन् । इटहरा एकता क्लवको आयोजनामा आयोजित उक्त कार्यक्रममा दर्शक दिर्घाको उल्लेख्य थिए भने युवा युवती जोडी हिमाल सागरको गीतमा रमाएको मात्र थिएन, बिन्दास मुडमा ननस्टप कराईकराई उफ्रि उफ्रि नाँचे ।

न मैले देखे न उनले देखिन गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका हिमालले माया कहिले मुस्कुराउने, कहिले रिसाउने, आज किन तिमि के मा झुक्यौ जस्ता गीतहरु गाएर कार्यक्रमलाई बढी भन्दा बढी मनोरन्जनात्मक बनाए । नेपाली तारा प्रताप लामाले पानी परयो असिना झरयो र तुलसी आगनमा रौपौला गीत गाएर दर्शक दीर्घालाई नचाउन सफल भए । कान्तिपुर एफ एममा हटसट रहेका बिक्रम कालिकोटेले पनि आधुनिक गीत गाएर दर्शक दीर्घाको मन जित्न सफल भएका थिए । आरजे सृष्टि भट्टराई र सुजित जसवालले सन्चालन गरेको उक्त कार्यक्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख तथा समाजसेवी भीमप्रासद लामिछानेको प्रमुख आतिथ्यतामा रहेको थियो ।
क्लवका अध्यक्ष डम्बर तामाङले कार्यक्रम सम्पन्न सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे । कार्यक्रम संयोजक प्रेम बास्तोलाले लागू औषध दुव्यर्सन रहित सुन्दर समाजको परिकल्पना तथा संगठनको एकता र माहौलको लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उक्त अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगितामा अन्नपुर्ण बोर्डिङ स्कुल प्रथम, आशा लिम्बू र निश्चल धिमाल दोस्रो, सयपत्रि बोर्डिङ स्कुल तेस्रो र दुर्गामाबि तेस्रो भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org