ताजा समाचार

अजेस्ना भइन् मिस कलेज आइकन

काठमाडौं ।  मिस कलेज आइकन–०१७ को उपाधि अजेस्ना शाक्यले जितेकी छिन् । एएनपी मिडिया हाउसले आइतबार राजधानीमा आयोजना गरेको प्रतियोगितामा अजेस्नाले शीर्षसहित बेस्ट स्किन, फेसबुक च्वाइस र बेस्ट फिटनेसको उपाधि पनि प्राप्त गरिन् ।

राजधानीका विभिन्न कलेजमा अध्ययनरत छात्राबीच गरिएको प्रतियोगितामा जमुना कार्कीले मिस कन्जियालिटीका साथ फस्र्ट रनरअपको उपाधि जितिन् । त्यसैगरी, पिया कुँवर मिस ब्युटिफुलका साथ सेकेन्ड रनरअप घोषित भइन् । त्यसैगरी, टासील्हामु शेर्पा थर्ड रनरअपका साथ मस्ट डिसिप्लिन भइन् । प्रतियोगितामा रेखा सुन्दास बेस्ट फिजिक, कृति श्रेष्ठ बेस्ट स्पिच, बिन्दु भट्ट मस्ट चार्मिङ, सुजना पाण्डे मिस फोटोजेनिक र मस्ट पपुलर, सभ्यता नेपाल मिस क्याटवाक र मस्ट एक्टिभ, सलिसा श्रेष्ठ मस्ट फ्रेन्डली, दिना देके मस्ट कन्फिडेन्ट, प्रतिज्ञा थापा मिस ट्यालेन्ट, ममता गुरुङ मस्ट ब्यटिफुल आइज, इस्पा जोशी बेस्ट हेयर र श्वेता थापा बेस्ट पर्सनालिटी घोषित भए ।

आयोजकले एकै मञ्चमा मिस कलेज आइकनका साथमा लिटिल आइकन नेपाल–०१७ पनि सम्पन्न गरे । नाचघरमा सम्पन्न प्रतियोगितामा सानमीयल महर्जनले मिस्टर ट्यालेन्टका साथ शीर्ष उपाधि जिते । सन्देश बज्राचार्य फस्र्ट रनरअपका साथ मस्ट पपुलर, मिस्टर क्याटवाक र बेस्ट फिटनेस, युगल लिम्बू सेकेन्ड रनरअपका साथ मस्ट फ्रेन्डली, सुक्रिन श्रेष्ठ थर्ड रनरअपका साथ मस्ट एक्टिभ र मस्ट फोटोजेनिक घोषित भए ।

१२ देखि १५ वर्षसम्मका किशोरबीच सम्पन्न प्रतियोगितामा प्रज्ञान महर्जनले मस्ट डिसिप्लिन, रविन लामाले मिस्टर ह्यान्डसम, लक्की महर्जनले बेस्ट पर्सनालिटी र अस्तित्व राईले मस्ट डिजर्मिङको उपाधि प्राप्त गरे । त्यसैगरी, ८ देखि १२ वर्षसम्मका बालिकाबीचको प्रतियोगितामा योगिशा शाक्य विजेताका साथमा बेस्ट फिटनेस, अंशु रानामगर फस्र्ट रनरअपका साथमा मिस कन्जिनियालिटी र फेसबुक च्वाइस, सन्दीका रानामगर सेकेन्ड रनरअपका साथमा मस्ट ब्युटिफुल आइज र खुसी थामी थर्ड रनरअपका साथ मिस क्याटवाक भएका छन् । सबै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org