ताजा समाचार

प्रियंका चोपडा बेस्ट फेशनेबल महिलाको सूचीमा

 

एजेन्सी: बलिउड अभिनेत्री प्रियंका चोपडा हार्पर बजारको १५० औ बेस्ट फेशनेबल महिलाको सूचीमा परेकी छिन्। अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’मा दमदार अभिनय गर्दै आएकी प्रियंकाले ट्विटमार्फत जानकारी गराएकी छिन्।

उनले माइक्रोब्लग ट्विटरमा भनेकी छन्, ‘ मलाई १५० औ बेस्ट फेशनेबल महिलामा समावेश गरेकोमा हार्पर बजारलाई धेरै धन्यवाद छ।’

उनीसँगै १५०औ बेस्ट फेशनेबल महिलाको सूचीमा ब्री लार्सन, डकोटा जोनसन, एमिलिया क्लार्क, मार्गोट रोबी, गल गडोट, डकोटा फ्यानिङ्ग तथा एली फ्यानिङ्गसमावेश भएकी छन्।

यसका साथै प्रिंयकाले सन् २०१६ फेव्रुअरी २८ मा भएको ८८ औं अस्कर अवार्ड समारोह कार्यक्रम सञ्चालिकाको रूपमा भूमिका निभाइसकेकी छिन्।

त्यतिमात्र नभइ उनले विभिन्‍न फिल्‍म फेस्टिबलमा रेड कार्पेटमा आफ्नो आकर्षक पहिरनले सबैको ध्यान तान्‍दै आएकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org