ताजा समाचार

नायिका वर्षा सिवाकोटीले पानीसँगै जवानी पोखाएपछि…

काठमाडौ। फिट रहनका लागि खास कुनै विशेष सूत्र अपनाउने गरेकी छैन । बिहान सबेरै उठ्ने कोसिस गर्छु । गर्मी याममा बिहान साढे ५ बजे उठिसक्छु । अचेल जाडोमा भने उठ्दा ७ बजिसकेको हुन्छ ।

गर्मीमा हरेक बिहान सीतापाइलाबाट जगिङ गर्दै स्वयम्भू पुग्ने गर्थें । त्यहाँ आधा घण्टा जति एक्सरसाइज गर्छु । जाडोमा भने जान सकेकी छैन । घरमै हल्का एक्सरसाइज गर्छु ।

म अत्यधिक मात्रामा तातोपानी पिउँछु । घरमा बस्दा होस्, सुटिङमा होस् या अन्त कुनै काममा जाँदा पनि म एकदमै तातोपानी पिउने गर्छु । मलाई पहिला ग्यास्ट्रिकको समस्या थियो । त्यसकारण नियमित रूपमा तातोपानी पिउन थालेँ । दिनमा चार–पाँच लिटर तातोपानी पिउँछु । त्यसले गर्दा अचेल खासै समस्या छैन । म त सबैलाई तातोपानी पिउने सल्लाह दिन्छु । म अब गर्मीमा पनि तातोपानी नै पिउने सोचाइमा छु ।

अहिले मेरो वजन झन्डै ४९ किलो छ । मलाई याद भएसम्म मेरो तौल पचास किलो कटेको छैन । र, म कटाउन पनि चाहन्न । अझै तीन किलो जति घट्न पाए ठिक्क हुन्थ्यो भन्ने लाग्छ । शरीर ठिक्कको भए पनि मेरा गाला भने अलि मोटो देखिन्छन् । त्यसलाई ‘मेन्टेन’ गर्ने कोसिसमा छु । कलेज पढ्दाखेरि भने म बिहान साढे चार बजे नै उठिसक्थेँ । अचेल कलेज जानु छैन । आनन्दै छ । सुटिङको वेलामा भने सेड्युल लथालिंग हुन्छ ।

म राति साढे १० बजेसम्म सुतिसक्छु । लेट ‘नाइट’ बस्नै सक्दिनँ । कामै पर्‍यो भने त यो कुरा लागू हुँदैन । म अहिलेसम्म जिम गएकी छैन । त्यसको आवश्यकता महसुस भएको छैन । ध्यान, योगा पनि गर्ने गरेकी छैन । सीतापाइला बस्ने भएकीले यतावरपर जिमखाना पनि छैन । घरमै अभ्यास गरेर फिट छु । ब्युटी पार्लर पनि खासै जादिनँ । त्यस्तै पर्‍यो भने मात्रै जान्छु ।

म घरेलु प्रोडक्टमा विश्वास गर्छु । युट्युबमा खोजेर घरेलु विधिबाट लोसन, हेयर आयलहरू बनाउने गरेकी छु । कस्मेटिक्समा विभिन्न केमिकल हुने भएकाले म घरमा आफैँ बनाएको प्रोडक्ट प्रयोग गर्छु । त्यसकारण अहिलेसम्म मेकअपका कारण एलर्जी भएको छैन । मेरो मुहारको कान्तिको ‘राज’ तातोपानी र सकारात्मक सोच नै हो भन्दा फरक पर्दैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org