ताजा समाचार

भोलिदेखि भद्रगोल पुनःप्रसारण हुने

काठमाडौं, २७ माघ ।  गत साउनदेखि प्रसारण वन्द भएको चर्चित हाँस्य टेलिशृङखला भद्रगोल शुक्रबारदेखि (भोलि) पुनःप्रसारण हुने भएको छ ।

नेपाल टेलिभिजनबाट वेलुकी ८ः ५० बजे मार्फत् भद्रगोल हेर्न पाईने हास्यकलाकार तथा भद्रगोलका मुख्य कलाकार पांडे रोलमा अत्यन्तै ख्याती कमाएका कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।

मिडियाहब र नेपाल टेलिभिजनवीच  आर्थिक लेनदेनमा कुरा नमिलेपछि लामो समयदेखि धेरैजसो हाँस्यश्रृंखलाहरुको प्रसारण रोकिएको थियो । अब भने पहिले जसरी नै सबै श्रृंखलाहरु नियमित प्रसारण हुने बताइएको छ ।

प्रसारण बन्द भएपछि आ–आफ्नै काममा देश –विदेश पुगेका कलाकारहरु राजधानी फर्कदै छन् । यसैक्रममा लामो समय देखि वेलायतमा रहेका निर्माता सुवास कार्की वेलासे पनि नेपाल फर्किएको भद्रगोल टिमले जानकारी दिएको छ  ।

धरानमा रहेका भद्रगोलका निर्देशक शंकर आचार्य पनि केहि दिनमै त्यताको कार्यक्रम सकेर राजधानी फर्कदैंछन् ।

अन्य कलाकारहरु सिते बा, पाँडे र बाहुन डन लगायतले पनि भद्रगोल पुनः प्रसारण हुन लागेकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा  स्टाटस पोष्ट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org