ताजा समाचार

कविता : खवर नगरी बग्ने आँशु

यो
आँशु
तिम्रो कतिबेला बग्छ
थाहा छैन
बग्नु पर्ने जतिमात्र आँशु बग्दा
आँखाका नानीहरु सुकिला हुन्छन्
सीमलको भुवा नीलो आकाशमा
नजिकिँदै
गएजस्तो मन पनि हलुका हुन्छ रे
तर मेरो ! आँखा
घोच्नै पर्ने बचनले घोचेर
छिरछिर काँडा जसरी बिझाउन थाल्छ
वर्णन गर्न कठिन शब्द
मलाई
जुन, कसैले भेटेका छैनन्
तर, पनि
मुख थरथराउँदै भन्न मन लाग्छ
कता………. कता
कसैको वचनको कोर्राले
चुहिन लागेको मनको
झुपडीलाई हानेर/ताकेर
हानेर, मस्तिस्कको कोमल नशाहरुमा
गएर ठोकिन्छ नि
अनि
थाहै हुन्न
कति बर्सियो
आँशुको भेल
आँशुको धमिलो वर्षा

कसिलो आँशुका थोपाहरु
बगेर आँखाका परेलाहरु बाटिएका हुन्छन्
किसानको भारी बोक्ने डोरी फुके जसरी
आँखाका नानी छेउको वरिपरि
गोलाई पूरै,
राता–राता काँडाका मसिना
टुक्राहरुले च्यास–च्यास घोचेर
बिझाएको हुन्छ
अनि,
मुहार पूरै समुन्द्र
असहज भएजस्तो
त्यसपछि
यी औलाहरु काम्दै काम्दै
आँखासम्म पुगेर
छामी नसक्दै
सायद ! नजर उल्टाएर ऐना हेरिन्छ
बल्ल ! थाहा हुन्छ
म त बेस्सरी रोएकी पो रहेछु
बस !
यति जान्न मन छ
आँशुका थोपाहरु कहाँ जमेका हुन्छन्
र किन ? थाहै नदिइ
बग्ने गर्दछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org