राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस-सुन्तली
पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ ।
भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताउनुभयो ।
उहाँले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो ।
कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ ।
पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...