ताजा समाचार

सन्तोष बानियाँले ल्याए ‘सुनचाँदीको महल’

काठमाडौं । कलाकार सन्तोष बानियाँको शब्द सिर्जनामा ‘सुनचाँदीको महल’ लोकदोहोरी एल्वम सार्वजनिक गरिएको छ । उक्त एल्वम सोमबार युट्युव मार्फत् सार्वजनिक गरिएको हो । मर्मस्पर्शी भाव समेटिएको उक्त गीतमा चर्चित तथा लोकप्रिय गायिका विष्णु माझी र अर्जुन कुँवरको आवाज रहेको छ । गीतमा राजकुमार बानियाँले संगीत गरेका छन् भने नायिका अनिता वस्नेत, कृष्ण थापा र धुर्न गुरुङ लगायतले अभिनय गरेका छन् । त्यस्तै उक्त गीतको भिडियो सम्पादन सुजन शाहीले गरेका हुन । मलेसियामा सुजन न्यौपानेले छायाङ्कन गरेको उक्त गीतको निर्देशन पनि बानियाँले नै गरेका हुन् ।

 

 

भिडियो हेर्नुहोस्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org