ताजा समाचार

चर्चित गायक गायिकाको ‘आँशुमात्र झर्यो’ भिडियो सार्वजनिक

काठमाडौं । नेत्र कँडेल र लोकप्रिय गायिका देवी घर्ती मगरको सुमधुर स्वर रहेको ‘आँशुमात्र झर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो महालक्ष्मी म्युजिकले निर्मण गरेको हो।

लोकगीतमा लय खुमन अधिकारी र शब्द संगीत शर्माको रहेको छ। गीतको भिडियोमा सन्देश शर्मा र रञ्जिता गरुङले अभिनय गरेका छन्। पछिल्लो समय मोडलका रूपमा स्थापित सन्दिप शर्माले गीतको भिडियोमा आफूले निकै मेहनत  गरेको बताए।

‘मैले यस गीतको भिडियोमा ८ वटा ट्युबलाइट आफ्नो शरीरमा फुटाएको छु। म यो काम रियलमा पनि गर्न चाहन्छु, जस्तोसुकै रोल आए पनि गर्न सक्छु ।’ उनले भने । डेढ दर्जन जति गीतको म्युजिक भिडियोमा मोडलिङ गरेका सन्देशले २ वर्षको अन्तरालमा २ दर्जन लोकदोहोरी, रोइला तथा रोमान्टिक गीतमा शब्द रचना र संगीत सिर्जनासमेत गरेका छन्।

विक्रम चौहानद्वारा निर्देशित म्युजिक भिडियोमा छायांकन मुकेश हुमागाईं र सम्पादन मिलन विकको रहेको छ।

 

 

हेर्नुहोस् भिडियो यस्तो छ,

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org