ताजा समाचार

काउचाले ल्याए वचनले रेट्ने माया

काठमाडौं । प्रवासमा रहेर पनिआफ्नो कलासंस्कृती मार्फत् प्रवासी नेपालीको मन जित्न सफल देवेन्द्र काउचाले राम पुनको परिकल्पनामा ‘वचनले रेट्ने मायालाई’ नामक दोहोरी गीत युट्युव मार्फत् सार्वजनिक गरेका छन् ।

यसको निर्देशन प्रकाश भट्टले गरेका छन् । यसैगरी गायक काउचाले मायामाया, म त पीरमा छु लोक गीत तथा बेशीतिर झर लोक दोहोरी गीत छिट्टै नै वजारमा ल्याउन लागेको जानकारी दिए ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका सुमधुर स्वरका धनी काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा ‘हङकङको लाहुरे’ नामक दोहोरी गीत वजारमा ल्याएका थिए ।

उनले ‘बैंश छँदैΓ र ‘आँधी चलाएर गयौ’ नामक दुइ लोकगीतको एल्बम पनि बजारमा ल्याइसकेका छन् ।

युवा गायक काउचाकै संगीत रहेको यो गीतमा टिका मास्की मगरको शब्द रहेको छ । काउचाले जुना श्रीस मगरको सुरिलो आवाजको साथ पाएकाछन् ।

 

भिडियो हेर्नुहोस्,

 

https://www.youtube.com/shared?ci=Xqrn2QQXMFg

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org