ताजा समाचार

निजामती युनियन ‘सङ्घ’ मा बिष्ट

बैतडी, १३ फागुन । नेपाली काँग्रेसनिकट कर्मचारी सङ्गठन नेपाल निजामती युनियन ‘सङ्घ’को सातौं जिल्ला अधिवेशनले प्रेमसिंह बिष्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।

खुला उपाध्यक्षमा नैनसिंह कार्की, समावेशी उपाध्यक्षमा भानदेव भट्ट, महिला उपाध्यक्षमा सुशिला मल्ल, सचिवमा कुवेरबहादुर चन्द, सहसचिवमा शङ्करसिंह साउद र कोषाध्यक्षमा उमेशराज पडाल चयन भएका छन् ।

दशरथचन्द नगरपालिका हलमा सञ्चालन भएको अधिवेशनले केन्द्रीय प्रतिनिधिमा कृष्णदत्त भट्ट, गणेशसिंह थापा, डम्बरसिंह थापा र कमलापति भट्टलाई चयन गरेको छ ।

निवर्तमान अध्यक्ष कृष्णदत्त भट्टको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य नवल मल्ललगायत युनियनसँग आबद्ध जिल्लास्थित निजामती कर्मचारीलगायत राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org