संविधान संशोधन गरौं,मोर्चालाई चुनावमा ल्याउने जिम्मा मेरो: डा.भट्टराई
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको ८/१० दिनभित्र संविधान संशोधन प्रस्ताव पारित गराउनु पर्ने वताएका छन् ।
संविधान संशोधन गरेपछि मधेसी मोर्चा निर्वाचनमा नआउने हुन कि भन्ने प्रमुख प्रतिपक्षी एमालेसहित केही सानादलले आशंका गरिरहेका बेला डा.बाबुराम भट्टराईले मोर्चालाई चुनावमा ल्याउने जिम्मा आफूले लिने एक अनलाइनले शुक्रबार लिएको अन्तर्वार्ता मार्फत् दाबी गरेका छन् ।
‘संविधान संशोधन भयो भने उहाँहरु चुनावमा भाग लिनुहुन्छ, यसको जिम्मा म लिन्छु’ डा. भट्टराईले भने,‘संविधान संशोधन भएपछि उपेन्द्र यादवजीलगायतका आन्दोलनरत शक्तिहरु निर्वाचनमा आउनुहुन्छ । यसको ग्यारेन्टी म लिन्छु ।’उनले दोहो¥याए ।
उपेन्द्र यादव सँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा भट्टराई आलोचनाको शिकार बनेका छन् ।
नयाँ शक्ति पार्टीको बुधबार बसेको बैठकले चुनावको वातावरण बनाउन दबाव दिने निर्णय गरेको थियो । विहीबार बिहानै उपेन्द्र यादवसँगको संयुक्त वक्तव्य त चुनावै गर्न नदिनेजस्तो पो आयो त, एकैदिनमा किन यस्तो परिवर्तन यो भन्ने प्रश्नको उत्तरमा भट्टराईले
यो कुनै दुईखाले वक्तव्य नभएको स्पष्ट गराएका छन् ।
उनले थपे, ‘मेरो स्पष्ट भनाइ छ, संविधानमा रहेका अपूर्णताहरुलाई पूर्णता दिँदै, असन्तुष्ट पक्षका मागहरुलाई सम्वोधन गर्दै संविधानलाई पूर्णता दिऔं र सबैलाई साथमा लिएर निर्वाचन गराऔं । मेरो यो डेढवर्षदेखिको निरन्तरको भनाइ छ । त्यसमा म अहिले पनि दृढ छु । र, आउँदो ०७४ माघ ७ गते भित्र तीनवटै तहको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुनुपर्छ र संविधान कार्यान्वयन हुनुपर्छ भन्ने मान्यतामा नयाँशक्ति नेपाल दृढ छ र म दृढ छु ।’
र, त्यही आशयमा नै हामीले पार्टीको तर्फबाट वक्तव्य जारी गर्यौं र संघीय समाजवादी फोरमका तर्फबाट जारी गरिएको वक्तव्यमा पनि तात्विक अन्तर छैन । खाली एउटैमात्रै के देखएकिो छ भने हामीले तीनवटै चुनाव एकैचोटि गर भनेका छौं, यसको सट्टामा केन्द्र र प्रदेशको पहिले गर स्थानीयचाँहि पछि गर भन्नेमा मात्रै फरक हो । दुईपार्टीवीच लेनदेन गर्दा भएको फरकपन मात्रै हो, यसमा तात्विक अन्तर छैन । तीनवटै चुनाव एकैचोटि गर्दा पनि हुन्छ, नभए सुल्टो कुरो चाँहि के हो केन्द्र र प्रदेशको पहिले र स्थानीयको चाँहि पछि गर्ने । यो नै सही तरिका हो । उनले प्रस्ट पारे ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...