ताजा समाचार

हुम्लामा लोपोन्मुख चैतलो नाच सुरु

हुम्ला । हुम्ला जिल्लामा दुर्लभ मानिएको चैतलो नाच शुरु भएको छ । हरेक वर्षको फागुन १२ गते देखि जिल्ला सदरमुकाम सिमकोट र ठेहेमा मनाइने चैतलो नाच नाच्न शुरु भएको हो ।

सबै महिला विषेश प्रकारको पोषाकमा सजिएका महिलाले चैतालो नाच सिमकोटको चौपाणी र ठेहेको भुवाखाडामा नाचिरहेका छन् ।
स्थानीय विवाहित महिलाले आफना श्रीमानको दीर्घायु र घरका सबैको सुस्वास्थ्यको कामना गर्दे शुक्रबारदेखि चैतलो रानीको भेषमा उक्त नाच नाचिरेको सिमकोटकी स्थानीय अम्मकला रावतले बताएकी छन् ।

रावतले वर्षको एक पटक घरमा मुली अर्थात श्रीमानको दिर्घायुका लागि यो पर्व परापूर्व काल देखि मनाइने गरिएको छ । हरेक वर्ष पाmगुन १२ गते देखि शुरु हुने चैतालो नाचका लागि पहेंलो रंगको फरक कपडामा सजिएर सबै महिलाले सामुहकि चैतलो नाच नाचिरहेका छन् ।
हिउँदको समय सकिएर वर्षाको शुरुवातमै वर्षभरी घरमा र गाउँमा राम्रो होस भनेर देवतासँग नाच र गित मार्फत पथना गर्ने पर्वका रुपमा मनाइएको बताएकी सिमकोटकै ६६ वर्षिय अम्मकलाले भनिन “सिमकोट र ठेहेमा नाचिने यो नचामा सबै भन्दा पहिलो स्थानीय स्तरमा मनाईने सबै देवताको झाक्री सेवा गरेर पछि गाउँका जानमान र आफना श्रीमानको भलाईमा आधारित रहेर चैतलो गित गाउँदै नाच्ने गरिन्छ । यो नाच हुम्लाका २ वटा गाउँमा मात्रै नाचिने गरिन्छ ।”

फागुनको शुरुवातमै पहेँलो पोसाकमा नाचिने यो नाच नाचेमा रोग, ब्यादी केहीले पनि आक्रमण गर्न नसक्ने भएकाले पनि चैतलोमा सबै महिलाले एकनासको पहेँलो कपडा लागउने गरेको सिमकोट २ की ५५ वर्षिय गुइयाला रावतले बताएकी छन ।
फगुन १२ गते देखि शुरु भएको यो नाच नाच्नका विवाहति महिलाले बिहान ५ बजे उठेर नुहाउने र शुरुमा देवताको त्यसपछि श्रीमानका खुट्टामा ढोगेर अन्य मान्यजनको हातबाट टिका थापेर आश्रिवाद लिएपछि खिरको खाना खाने गरएको छ । गुइयाला रावतले बताएकी छन् । उनले भनिन् ।

विस्तारै आधुनिकताका नाममा परिस्किृत र लोभ हुँदा गएको यो नाचमा गाउने गित र नाचको स्टाइल बिर्सदै गएपछि स्थानीय बुढापाकाले यसको संरक्षणका लागि चिन्ता व्यक्त गरेको ठेहेका प्रकाश सुनारले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org