ताजा समाचार

रामेछाप केन्द्रबिन्दु बनाएर फेरी दोस्रो भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौं, १७ फागुन । गोरखा भूकम्पका परकम्प जाने क्रम अझै रोकिएको छैन । सोमबारमात्रै रामेछापलाई केन्द्रविन्द’ बनाएर एक घन्टाको बिचमा दुई पटक परकम्प गएको छ । सोमबार बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको हो ।

यसैगरी बिहान १० बजेर ६ मिनेटमा रामेछापलाई नै केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुवै भूकम्पको झट्का काठमाडौंसम्म पनि महसुस गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org