ताजा समाचार

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा विडारी उम्मेद्वारी

काठमाडौं । प्रेस चौतारी नेपाल जिल्ला समितिले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आसन्न दशौं अधिवेशबाट चयन हुने नेतृत्वका लागि शान्तराम विडारीलाई अध्यक्ष र नेपाल पत्रकार महासंघ काठमाडौंका वर्तमान कोषाध्यक्ष सीता पोख्रेललाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चौतारी काठमाडौं शाखाका अध्यक्ष लोकेन्द्र केसीका अनुसार आइतबार वसेको वैठकले विडारी र पोखरेललाई अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको हो ।

पत्रकार महासंघलाई श्रमजीवी पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गर्ने कुरामा प्रेस चौतारी नेपाल प्रतिबद्ध रहेको हुँदा मित्र संगठनहरुसँग आपसी सहमति र सहकार्यका निम्ति पनि तत्पर रहेकाले अन्य पदका उम्मेदवारी घोषणा नगरिएको अध्यक्ष केसीले बताएका छन् ।

त्यस्तै सोमवारकै वैठकले चौतारी काठमाडौंका उपाध्यक्ष विष्णु आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org