ताजा समाचार

चलचित्र ‘मुनलाइट’ ले पायो उत्कृष्ट ओस्कर अवार्ड

काठमाडौं ।  विश्वप्रसिद्ध ओस्करको ८९ औँ संस्करणको उत्कृष्ट चलचित्रको अर्वाड मुनलाइटले जितेको छ ।

सर्वाधिक १४ विधामा मनोनयनमा परेको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको हो ।

लाला ल्याण्डले भने ६ वटा विद्यामा अवार्ड हात पार्‍यो । ओस्कर अन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड लाला ल्याण्डकी एमा स्टोन र उत्कृष्ट अभिनेतामा चलचित्र म्यानचेष्टर बाइ द सी चलचित्रबाट केसे एफलेकले प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट निर्देशक लाला ल्याण्डका डिमियन शेजलले प्राप्त गरेका छन् । यस्तै चलचित्र मुनलाईटका महेरशेला अलिले सहायक अभिनेता तर्फको उत्कृष्ट अर्वाड जितेका छन् फेन्सिसकी भोएला डेबिस उत्कृष्ट सहायक अभिनेत्री ठहरिएकी छिन् । यस्तै एनिमेटेड फिचर फिल्मको अवार्ड भने जुटोपियाले जितेको छ ।

विदेशी भाषाको तर्फको चलचित्र विधामा इरानको द सेल्समेन उत्कृष्ट बनेको छ । चलचित्रको जगतको सबैभन्दा ठूलो र सम्मानित अवार्ड ओस्कारको यो संस्करणमा २४ विधामा अवार्ड वितरण गरिएको थियो ।

अमेरिकामा लस एन्जल्सस्थित हलिउड डोल्बी थिएटरमा आयोजित अवार्ड वितरण कार्यक्रममा हलिउडकर्मीका साथै विश्वभरका कलाकर्मीको उपस्थिति रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org