ताजा समाचार

देउडा गीत लोप हुनेमा कलाकारको चिन्ता

सुर्खेत । सुदुर तथा मध्यपशिचमाञ्चलको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुदै आएको छ ।

देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुले वजारीकरणमा टिक्न र विक्न समस्या भएपछि देउडा गीत लोप हुदै आएको हो ।

समयको परिवर्तनसँगै बजारको माग अनुसारका रिमिक्स, आधुनिक, लोक गीत संगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदुरपश्चिमकै देउडा संस्कृति संकटमा पर्न लागेको छ ।

देउडा गीतलाई हामी सम्पूर्ण देउडा प्रेमी तथा कलाकारहरुले संरक्षणमा ध्यान दिनुपर्ने बेला आएको छ ।

पुराना मेला पर्व घाँस दाउरा जादा घन्किने देउडा भाकालाई बिसेर दोहोरी र अधुनिक गित गजल तथा अन्य विभिन्न किसिमका गितहरुले बजार लिएपछि देउडा संस्कृति लोप हुने र अस्तित्व मेटिने श्रष्टाहरुको चिन्ता गरेको पाइन्छ ।

विश्व बजारमा प्रविधिले एक तर्फी रुपमा विकास गरेपछि देउडा संस्कुति संकटमा पर्दै गएको छ । प्रविधिको कारणले नै मध्यपशिचम तथा सुदुरपश्चिमको देउडाको अस्तित्व घट्दै गएको स्थानीय बासीन्दहरुले गुनासो गर्ने गरेका छन ।

देउडा कलाकारले आफनो संस्कृतिक भुल्दै गएका हुनकी भन्ने आजभोली गाउँघरमा सहरमा जहाँ भएपनि चर्चा हुने गरेको पाइन्छ ।

देउडा प्रेमीहरुले यो संस्कृति मन पराउने श्रोताहरुको संख्यामा कम हुदै गएकोले पनि समस्या भएको हुनसक्ने आशंका देउडा पौरखीहरुले गर्न थालेका छन । देउडा गित लोप हुनेमा चिन्ता व्यक्त गदै भने दैलेखका स्थानीय बासिन्दा बिर बहादुर थापाले बताए ।

उनले भने पुरना बाबु बाजेले सञ्चालन गरेको संस्कृति हराउने होकी भन्ने दुखेसो पोखे । यस्तै देउडा श्रष्टा हुम्ला जिल्ला घर भएका बलिचन्द्र जैशीले देउडा कलाकारहरु लोकगित आधुनिक गित गजल तिर लगाव देखिएपछि देउडा गित संकटमा पर्ने गएको बताए ।

उनले देउडा गितलाई माया गर्ने श्रष्ठाहरुले जोगाई राख्नुपर्ने यो संस्कृतिक लोप भएमा हाम्रो अस्तित्व मेटिने सम्भावना रहेको जैसीले बताए ।
यस्तै देउडा गितलाई जोगाई राख्ने उदेशयले दैलेखका लछिराम ढकालले भेरी कर्णाली लोक संस्कृति जागरण मञ्चको सस्थापना गरेको बताए ।
उनले भने देउडा गितको अस्तित्व मेटिने होकी भन्दै आफुले यो अभियान सञ्चालन गरेका बताए ढकालले भने प्रत्येक महिनाको १गते र १५ गते नियमित रुपमा सुर्खेतको घण्टाघरको चौरमा देउडा खेल चलाउदै आएको बताए ।

देउडा खेलमा मायाप्रेम देखि राजनैतिक कुराहरु समेटेर खेल खेलिने गरेको उहाँको भनाई रहेको छ । यसलाई हामी सबै मिलेर देउडा अस्तित्व नमेटिन दिने लक्ष्य रहेको सस्थापक अध्यक्ष ढकालको भनाई रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org