ताजा समाचार

निमित्त आइजीपीले डुवाए प्रहरीको २ करोड ५० लाख

काठमाडौं । नेपाल प्रहरीमा भाग्यमानी ठानिएका प्रहरी अस्पतालका प्रमुख निमित्त आइजीपी बनेका छन् । डा दिनेशचन्द्र पोख्रेल यही फागुन ३ गतेबाट निमित्त आइजीपी बनेपछि प्रहरी संगठन प्राविधिक प्रहरीको नेतृत्वमा चलिरहेको छ ।

यसै समयमा निमित्त आइजीपी डा पोख्रेलले प्रहरी कल्याण कोष र केही प्रहरी अधिकृतहरुको समेत २ करोड ५० लाख रुपैयाँ डुबाएको समाचार आजको साँघु साप्ताहिकमा छ । प्रहरीले खोल्ने तयारी गरेको मेडिकल कलेजका लागि २ करोड १० लाख कल्याण कोषबाट र प्रहरी अधिकृतहरुको ४० लाख रुपैयाँ निमित्त आइजीपी डा पोख्रेलले डुबाएका हुन् । मेडिकल कलेज खोल्न खरिद गरिएको फर्निचरदेखि अन्य सामानमा उक्त रकम फसेको हो । ती सामान अहिले प्रयोगविहीन भएर बिग्रने अवस्थामा पुगेका छन् ।

तत्कालीन आइजीपी ओमविक्रम राणाले डा पोख्रेललाई मेडिकल कलेज खोल्न आवश्यक ब्यवस्थापनको जिम्मा दिएका थिए । त्यसपछिका आइजीपीहरु रमेश चन्द, रविन्द्रप्रताप साह, कुवेरसिंह रानासम्म आइपुग्दा पनि मेडिकल कलेजको प्रकृया अघि बढेन । त्रिवि शिक्षण अस्पतालका डा गोबिन्द केशीको आन्दोलनका कारण मेडिकल कलेज बनाउने प्रहरीको सपना तुहिरहेको छ तर २ करोड ५० लाख भने स्वाहा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org