ताजा समाचार

राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन प्रम दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सेवा दललाई देशभर पु¥याउन निर्देशन दिएका छन् । उनले दललाई देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल र बजेटको व्यवस्था गर्न निर्देशन दिए ।

यो दल एक स्वंमसेवी दस्ता हो । यसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार देशभरपरिचालन गर्दछ ।

राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२ औं ब्याच अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु ।’ ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org