ताजा समाचार

मधेशमा मोर्चा र प्रहरीबीच भिडन्त, ११ जना पक्राउ

 

मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलका अनुसार सप्तरीको रुपनीबाट पाँच जना, कञ्चपुरबाट पाँच जना र भारदहबाट तीन जना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले पक्राउ गरिएको बताएको छ ।

एमालेले अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आज गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।

सप्तरी सदरमुकामसहितको स्थानमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् । यता प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org