ताजा समाचार

सप्तरीका सीडीओ र एसपीलाई स्पस्टिकरणका लागि काठमाडौं बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) लाई तत्काल राजधानी बोलाउन लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका छन् । उनीहरुलाई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ एक दर्जनको संख्यामा घाइत्े भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org