ताजा समाचार

सप्तरीमा गोली चल्दा केपी ओलीको आँखामा आँसु !

सप्तरी २४ फागुन । सप्तरीमा प्रहरीको गाली लागेर चार जनाको मृत्यु भएपछि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्तब्ध भएका छन् ।

जे नहोस् भनेर एमाले नेताहरुले अभियानको रुट र सभास्थल परिवर्तन गर्नेदेखि हदैसम्मको संयम अपनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए, आखिर त्यही चाहिँ भयो ।

एमाले सचिव योगेश भट्टराई आफैं उभिएर कार्यकर्तालाई चुपचाप आ–आफ्नो सवारी साधनमा बस्न निर्देशन दिइरहेका थिए । प्रहरीले नियन्त्रण गर्न सकिने संख्यामै मोर्चाका प्रदर्शनकारी थिए ।

सबैतिर छरिएका प्रदर्शनकारीहरुको टाउको गन्ने हो भने पनि एक हजार भन्दा बढी थिएनन् । जबकि एमालेका सभाका सहभागी र अभियानका टोलीका मान्छेहरु समेत गन्दा करीव १० हजारको हाराहारीमा थिए ।

एमाले नेताहरुले राजविराजमा शक्ति प्रदर्शन गरियो भन्दै प्रतिष्ठाको जित भएको महशुस गरिरहेकै बेला गोली चलेपछि अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु स्तब्ध देखिन्थे । उनीहरुले ढुंगा हान्ने मोर्चा कार्यकर्तामाथि जाई नलाग्न कार्यकर्तालाई कडा नियन्त्रणमा राखेका थिए । बरु इनरुवामा मोर्चाको कालोझण्डा खोसेर लखेट्ने काम भएको थियो । तर, राजविराजमा सबै कार्यकर्ता नियन्त्रणमै थिए ।

आफ्नो शक्ति देखाउन एमाले सप्तरीले कञ्चनपुर, फत्तेपुर, रुपनी, महुली लगायतका गाउँ गाउँबाट बसमा समर्थक र कार्यकर्ता ओसारेर राजमार्गमा जम्मा गरे ।
स्थानीय कार्यकर्ता र शुभेच्छुकसहितको केन्द्रीय टोली अघि बढ्दा दशरबीस जनाको संख्यामा उभिएर कालो झण्डा देखाउने बाहेक सडकमा कुनै अवरोध थिएन । राजमार्गमा कालोझण्डा देखाउनेहरुको संख्या कहिँ पनि २०/३० जना भन्दा बढी थिएन ।
ओली र प्रचण्डबीच ठूलै षडयन्त्रको आभासको कुरा किन भयो ? आखिर कार्यक्रम सकिएर एमाले टोली फर्किएपछि किन गोली चल्यो ? यसका पछाडि गम्भीर राजनीतिक अन्तर्य लुकेको एमाले नेताहरुले गरे । अर्को गौर हत्याकाण्ड मच्चाउने षडयन्त्र भइरहेको बुझेपछि एमालेले २ नम्बर प्रदेशका अरु कार्यक्रम तीन दिनलाई स्थगन गरेको एमालेका एकजना पदाधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org