ताजा समाचार

मोर्चाले मृतक भनेका व्यक्तिको उपचार हुँदै

काठमाडौं । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका दिगम्बर यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । उनको इमर्जेन्सीमा उपचार भइरहेको हो ।
हिजो भएको झडपमा झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको छ । यसको अस्पतालले पनि पुष्टि गरेको छ ।

अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org