ताजा समाचार

गृहमन्त्री निधीले राजीनामा दिनुपर्छ : अध्यक्ष यादव

काठमाडौं । राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टीले हिजो सप्तरीको राजबिराजमा भएको घटनाको दोषी उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी भएको भन्दै तत्काल राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष इन्तु राय यादवले आज बिज्ञप्ति जारी गर्दै ३ जनाको हत्या र दर्जनबढी घाइते भएको घटना नियोजित भएको दावी गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सबै घटनामा दोषीभएको आरोप लगाएका छन् ।
‘हाम्रो मधेश, हाम्रो देश’ अभियान चलाउने भन्दै अध्यक्ष यादवले सरकारको यस्तै रबैया भएमा मधेश नेपालबाट टुक्रेर स्वतन्त्र देश बन्न सक्ने संभावना व्यक्त गरेका छन् । ‘मधेश कुनै शर्तमा भारतमा गाभिने भन्ने हल्लाका पछि लाग्नु हुन्न, मधेशका जनता स्वायत्त प्रान्तको पक्षमा छन्, तर सरकारले यस्तै रबैया देखाए स्वतन्त्र देश बन्न सक्छ ।’ उनले बिज्ञप्तिमा भनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचेत गराउँदा पनि गृहमन्त्री निधीको लाचारीले घटना भएको उनको दावी छ । उनले मधेशमा भएको हिजोको हिंसापछि देश गृहयुद्धमा जान सक्ने भन्दै चिन्ता पनि व्यक्त गरे ।

बिज्ञप्तिमा उनले सिके राउतभन्दा दोशी ३ दलका नेता भएकोले उनको रिहाईको पनि माग गरे । मधेशकै भएर पनि मधेशबिरोधी काम गरेको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवमाथि लगाए र उनको पनि राजीनामा माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org