ताजा समाचार

प्रशासन प्रमुख काठमाडौं आएपछि सप्तरी जिल्ला प्रमुखविहिन

काठमाडौं । गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीका जिल्ला प्रमुखलाई गृहमन्त्रालयमा झिकाए पनि त्यहाँ जिम्मेवारी बुझ्न कसैलाई पठाएको छैन । सप्तरीका प्रजिअ उद्धवप्रसाद तिमल्सिना, प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका एसपी जयबहादुर खड्का र प्रहरीका डिएसपी दानबहादुर कार्कीलाई मन्त्रालय झिकाएको हो । उनीहरुलाई त्यहाँबाट झिकाए पनि नयाँ नपठाउँदा सप्तरीमा थप हिंसा भड्कने त्रास छ ।

गृहमन्त्री बिमलेन्द्र निधीका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार दिउसो साढे १ बजेसम्म सप्तरीमा प्रजिअ, एसपी र डिएसपी पठाउने निर्णय भइसकेको छैन ।
सप्तरीमा अहिले पनि प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भिडन्त जारी छ । प्रहरीले केही सेल अस्रुग्यास फायर गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org