ताजा समाचार

सप्तरी घटनाः एमाले दोषी होइन,प्रधानमन्त्री र गृहमन्त्री हुन् : उपेन्द्र यादव

काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी घटनामा एमाले दोषी नभएको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी दोषी भएको दावी गरे ।
यादवले उक्त घटनापछि भने,“नेकपा एमालेलाई हामी दोष दिन चाहँदैनौं तर विगत वर्षदेखि मधेशी नेताहरुलाई कहिले माखेसाँग्लो भन्ने, कहिले विहारी भन्ने खालका अभिव्यक्ति दिए, युपी विहार जाओ भन्ने, घोचपेच दिने, चिढाउने खालको अभिव्यक्ति दिएका थिए, यसले मधेशी जनताले अपमानित भएको महशुस भएका थिए, त्यसबाट हुने रियाक्सन पनि एक कारण हुन सक्छ।”

उनले हिजोको घट्नालाई राज्यले नरसंहार गरेको आरोप लगाए। भने,“जनताले विरोध गर्न नपाउने हो र ? अनि विरोध ग¥यो नरसंहार गर्ने ?

उनले मधेशी संसदको भोटबाट प्रधानमन्त्री बन्ने अनि मलाई हवलदारले टेरेनन्, यस्तो बकम्फुसे कुरा उहाँले गर्न मिल्छ ? उहाँले मधेशको समस्या समाधान गर्छु भनेर लिखित सम्झौता गर्नुभएको हो नि।”

यादवले मुलुकको समस्या बल्झाउने तीन दल नै भएको आरोपसमेत लगाए। उनले थपे,“तीन दलका कारण मुलुक दलदलमा फस्यो, यिनीहरुले सिण्डीकेट लादिरहेका छन्। म पनि मधेशी हुँ, म पनि लडिरहेको छु।”

यादवले पटक पटक हिजोको सप्तरी घट्नालाई हत्या नभएर जघन्य अपराध र नरसंहार भएको टिप्पणी गरे। उनले भने,“यसको जिम्मा राज्यले लिनुपर्छ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org