ताजा समाचार

सप्तरी घटनाले नयाँ शक्ति स्तब्ध

काठमाडौं । नयाँ शक्ति पार्टीले एमाले र मधेस केन्द्रित दललाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वाद् मार्फत् समाधान खोज्न आग्रह गरेको छ ।

पार्टी संयोजक डा. बाबुराम भट्टराईले आज विज्ञप्ति जारी गर्दै वार्ताद्वारा राजनीतिक सहमति जुटाउन सबैमा आग्रह गर्नु भएको हो ।

संविधान संशोधन गरेर अघि बढन आग्रह गर्दै नया शक्तिले केही दलको अहंकारका कारण राजनीतिक सहमति र संविधान संशोधनमा बाधा पुगेको दावी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – एमालेको उत्तेजना, अहंकार र सरकारी लापरबाहीका कारण सप्तरी घटना भएको हो । पार्टी संयोजक भट्टराईले तत्काल सहमतिका लागि सार्थक सम्वादको वातावरण बनाउन समेत सरकारसँग आग्रह गर्नुभएको छ ।

यस्तै, सप्तरी घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारबाही गर्न नयाँ शक्तिले माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org