ताजा समाचार

मोर्चाले बुझायो प्रचण्डलाई पाँचबुँदे माग

का

ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँचबुँदे मागपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गर्न, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्न, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न र सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेको हो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org