ताजा समाचार

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने – राजदूत परेरा

काठमाडौँ, २५ फागुन । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ आंै अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उहाँले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न्यूनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दिक्षा दिइएको बताउनुभयो ।

राजदूत परेराले नेपालमा बुद्ध धर्मको पुनरुत्थानमा श्रीलङ्काको ठूलो सहयोग रहेको स्मरण गर्दै नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई बौद्ध धर्म, साहित्य तथा दर्शनको माध्यमबाट बलियो र सद्भावयुक्त बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाणमूर्ति बिहारका महासचिव अमृतमान ताम्राकारले बुद्वको समयमा नारी स्वतन्त्र भई धर्म अभ्यास गर्ने अवस्था नरहेको बताउँदै तत्कालीन समाज परिवर्तनका लागि प्रजापति गौतमीलाई बुद्वले भिक्षुणी बन्ने अनुमति दिनुभएको विचार व्यक्त गर्नुभयो ।

आनन्दकुटी बिहारका प्रमुख भिक्षु धम्ममूर्तिले नेपाल र श्रीलङ्बीच रहेको पुरानो सम्बन्धलाई जनस्तरमा पनि प्रबद्र्धन गनुपर्नेमा जोड दिनुभयो ।

धम्मावती भिक्षुणी कुसुमले ‘भिक्षुणी महाप्रजापति गौतमीको ऋद्धि प्रतिहार्य’ भिक्षुणी वीर्यावतीले ‘नारी जातिको उत्थानका लागि महाप्रजापति गौतमीको योगदान’ र उर्मिला तम्राकारले ‘बुद्व, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org