ताजा समाचार

पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज राजधानीसहित देशका पश्चिम भागमा बददीसँगै वर्षा हुने भएको छ ।

बिहानदेखि बादलले आकाश धुम्म भएको छ भने साँझसम्म राजधानीसहित देशका पश्चिमी क्षेत्रमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘पश्चिमी वायुको प्रभावले राजधानी लगायत देशका पश्चिम भागमा विहानैदेखि बादल लागेको छ’, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘साँझसम्म पानी पनि पर्न सक्छ, यो क्रम शनिबारसम्म जारी रहने देखिन्छ।’

उनले शनिबारसम्म बादल लाग्ने छिटफुट वर्षा हुने भएपनि आगामी आइतबारबाट मौसम खुल्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org