ताजा समाचार

पत्रकारको घाँटी समाएर फोटो डिलिट गर्न लगाइयो,नेपाल प्रहरी रमिते !

कैलाली २६ फागुन । कैलालीस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल ‘एसएसवी’ले नेपाल प्रहरीकै सामुन्ने नेपाली पत्रकार हेमन्त न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ ।

कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिामा भेटे कुट्ने धम्कीसमेत दिएको गैरे बताउछन् ।

नेपाली बजरमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीयले आक्रोशित बनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए ।

करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org