ताजा समाचार

एलडिओलाई विदा बस्न रोक

काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिका प्रमुख स्थानीय विकास अधिकारी (एलडिओ) हरुलाई विदा बस्नमा रोक लगाएको छ । यस्तै मन्त्रालयले कुनै एलडिओ विदामा बसेको भएपनि तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।
स्थानीय निकाय निर्वाचनको मिति घोषणा भइसकेकोले त्यसको तयारी र आर्थिक वर्षको अन्त्य हुन लाग्दा विकासका कृयाकलापमा असर पुग्ने भन्दै एलडिओहरुलाई विदा बस्नमा रोक लगाएको हो । मन्त्रालयका अनुसार
स्थानीय तह कार्यान्वयन भएसँगै लेटरप्याड, निशान छाप, साइनबोर्ड, नागरिक वडापत्र निर्माणदेखि विभिन्न तयारी गर्नुपर्दछ । निर्वाचनलाई सहयोग गर्नुपर्ने र जिल्ला विकास समितिले गरेका कामहरुको लगत संकलन गरी जिल्ला सभामा रुपान्तरण गर्नुपर्ने कामसमेत छन् । यस्तो परिस्थितिमा स्थानीय विकास अधिकारीलाई मन्त्रालयले विदा बस्न रोक लगाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org