प्रकृति पूजारी बोटे जातिको अस्तित्व संकटमा
सुर्खेत । बोटे अल्पसंख्यक लोपोन्मुख जाति हो । आधारभूत आवश्यकता समेत पूर्ति नहुँदा यस जातीको संख्यामा बढ्न सकेको छैन । जनसंख्या कम हुँदा लोप हुने चिन्ता पनि उत्तिकै छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार बोटे जातिको जनसंख्या १० हजार ३ सय ९७ रहेको छ । उनीहरुलाई आफ्नो इतिहास थाहा छैन । कहाँबाट आएका हुन र कहिले बसोबास गरेको हुन भन्नेमा एकमत छैनन् ।
बोटे जातिको संगीत क्षेत्रमा पनि उत्तिकै लगाव छ । सोरठी, ख्याली, ठाडीभाका,मारुणी, बोटे संस्कारमै गीत गाउँदै आएका छन् । डिलबहादुर बोटेका जेठा छोरा ८५ वर्षका वृद्धा आइतराम बोटेका अनुसार पुर्वे मस्याङ्गदी क्षेरलुङ्ग घाटको किनारबाट आएको बताएका छन् । उनले भने, ‘बोटे जाती बालुवा धोएर सुन चाल्ने जाती हो ।’
बालुवा चालेर सुन खोज्नेक्रममा सुर्खेत जिल्लाको भेरी नदीको किनारमा आइपुगेको उनले बताए । अहिले बोटे जातिको बस्ती लेखफर्सा, दहचौर, घुमखहरे, मेहलकुना, कल्याण, तरङ्ग लगायतका गाविसहरुमा छिटफुट बस्दै आएका छन् ।
आइतरामले आफ्नो जाति लोप हुन लागेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले भाषा, सँस्कृति जर्गेनाका लागि निरन्तर आफ्नै भाषाको गीत गाउँदै आएको पनि बताए । संस्कृति जर्गेनाका लागि आफू गीत रचेर श्रीमती तुलसरासँग मिलेर गाउने उनले वताए । उनले वरिष्ठ संगीतकार बुलु मुकारुङ आफ्नै घरमा आफै बारे जान्न आएपछि खुसीको सिमा नरहेको बताउँदै भने,‘अहिलेसम्म कसैले मेरोबारे केही जन्न चाहोका थिएनन् । तर, बुलु मुकारुङ घरमै पुगेपछि मलाई आशा पलायो । ’
त्यस्तै श्याम बोटेलाई आफ्नो जातिको अस्तिव मेटिने हो की भन्ने चिन्ताले पिरोल्दै आएको छ ।उनलाई कहाँबाट आयौं र पहिचान पनि थाहा छैन । उनले डुंगा, पानी र जंगलको पूजा गर्ने गरेको बताए । उनी भन्छन्,‘हाम्रो धर्म नै प्राकृति हो ।’
बिबाह मागी हुन्छ । बोटे संस्कृतिकमा कुखुरालाई ढोकामा काट्ने ,रगतलाई खुट्टाले टेक्ने र चेलीबेटीहरुले ढोका छेक्ने गर्छन । केही दक्षिणा दिएपछि ढोकाको बाटो छोड्ने परम्परा रहेको छ । त्यस्तै यस जातिको मुख्य पर्व असारे सक्रान्ति हो । सक्रान्तिमा मासु, रोटी, रक्सी,जाँड खाएर रमाउने चलन छ ।
यो जाती होचो कद र कालो वणका हुन्छन् । पुरुषले हाफपेन्ट, पेन्ट, सर्ट र टोपी, लगाउँछन् । महिलाहरुले गुनियो चोली, घर्लक, पार्न कपाले ओढने परम्परा छ । यस जातिले आफ्ना नाता कुटुम्बसँग, बोटे भाषामा भलाकुसारी गर्छन् । बोटे भाषामा लोहोटालाई अरतरा, कुभिण्डोलाई धुमरा, जाउलाई, जाउरे आदि शब्दको प्रयोग गर्ने गरेको पाइन्छ । गोठमा बस्ने र गिठा, भ्यागुर, तरुल जस्ता कन्दमुल खोजेर खान्छन् ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...