ताजा समाचार

चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

जलालाबाद (अफगानिस्तान), ८ चैत । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ ।

लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ ।

आचिन जिल्लामा २४ र दुई जना नाजिआन जिल्लामा भएको ड्रोन आक्रमणमा मारिएका प्रहरीले मङ्गलबार जनाएको छ ।

अफगानिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका लडाकू विरुद्ध अमेरिकी सेना आवद्ध ड्रोन हुँदै आएको पाइन्छ ।

राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वतर्फ पर्ने नानगार्हार र जलालाबादमा विषेशगरेर आइएस समुहका लडाकुले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org