ताजा समाचार

उग्रतारा यातायातले ल्यायो सुविधा सम्पन्न बस

 

डडेल्धुरा । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ ।

नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ ।

करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका   अध्यक्ष सन्तोष खड्काले बताएका छन् ।

आज एक कार्यक्रमका साथ …घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात महासङ्घका वरिष्ठ उपाध्यक्षविजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ ।

डडेल्धुराबाट काठमाडौं तथा कामठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक / एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org