विश्व कै धनी फुटबलर बन्ने अभियानमा नेइमार
काठमाडौं । बार्सिलोनाले आफ्नो स्टार ब्राजिली स्ट्राइकर नेइमारको बिक्रिका लागि विश्व कीर्तिमानधारी रकम करिब २२ अर्ब रुपैयाँको प्रस्ताव अगाडि सारेको छ। क्याम्प नोउले नेइमारको स्थानान्तरणका लागि आफ्नो मूल्य सूची अगाडि सारेपछि प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड हौसिएको र छिटै उनीहरुले अनुबन्धका लागि बार्सिलोनासँग प्रस्तावको विषयमा कुरा अगाडि बढाउन सक्ने बताइएको छ।
विश्व चर्चित पत्रिका ‘द टाइम्स’ का अनुसार नेइमारको अनुबन्धका लागि यी दुवै इङ्लिस क्लब इच्छुक देखिएका छन्। नेइमारका लागि बार्सिलोनाले तोकेको रकम अहिलेसम्म कै सर्वाधिक मानिएको छ। गत सिजन पाउल पोग्बालाई अनुबन्धित गर्दा म्यानचेस्टर युनाइटेडले करिब ११ अर्ब रुपैयाँ खर्चिएको थियो। २५ वर्षीय नेइमारले पनि कर कट्टा गरेर आफ्नो वार्षिक कमाइँ २ अर्ब ७५ करोड हुनु पर्ने प्रस्ताव राखेका छन्। यो सम्झौता सफल भएको खण्डमा नेइमार रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाकै अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीभन्दा महंगा खेलाडी बन्ने छन्। नेइमारले २ दिनअघि मात्र बार्सिलोनाका लागि सयौं गोल पुरा गरेका थिए।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...