ताजा समाचार

छिट्टै ८ हजार मेगावाट बिजुली उत्पादन कार्य सुरु गरिने

रुकुम । ऊर्जामन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

बुधबार बिहान रुकुममा स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्‍याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने दाबी गरे । सिंहदरबारको अधिकार गाउँरगाउँसम्म पुर्‍याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो ।

उनले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’अभियानमार्फत आठ हजार मेगावाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए ।

सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माण कार्य सुरु हुने उनले बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org