ताजा समाचार

विद्युतीय सुरक्षा दिवस मनाइने

काठमाडौं। विद्युतीय सुरक्षा र चुहावट नियन्त्रणमा सचेतना जगाउने उदेश्यले शुक्रबार विद्युतीय सुरक्षा दिवस मनाइने भएको छ।
‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग’ देशको समृद्धिमा सहयोगू मूल नारासहित नेपाल विद्युत प्राधिकरण र सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल ‘सिन’को संयुक्त आयोजनामा यो दिवस मनाइनेछ।

लोडसेडिङ हटेपछि विद्युतीय क्षेत्रबाट हुने दुर्घटना न्यूनीकरण प्रमुख मुद्दा बनेको छ।विद्युत सर्ट भएर आगलागी हुने,पोल ढलेर विद्युत प्रवाहमार्फत हुने क्षतिदेखि कर्मचारीले मर्मतका क्रममा हुने मानवीय क्षति ठूलो छ।

विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुबैलार्इ सचेतना आवश्यक रहेको सिनका अध्यक्ष लादुराम तामाङले बताए।प्राविधिक र चोरीबाट हुने विद्युतीय चुहावट पनि उल्लेख्य छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org