ताजा समाचार

राष्ट्रपति ट्रम्पले चीनको विरोध गर्न किन छाडे ?

पाम बिच । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोडेका छन् भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताएका छन् ।

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने वताएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए ।

रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org